फागुन ८, काठमाडौंको तीनकुनेस्थित महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै रहेको बागमती पुलमा शंकास्पद वस्तु भेटिएको छ । अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको वृतका डिएसपी रवि पौडेलले जानकारी दिए ।
मङ्गलबार नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बन्द आह्वनमा बन्दकर्ताले बम राखेको हुन सक्ने आशंका गरिएको छ । र थप अनुसन्धान थालिएको छ ।
यसैबीच, पुलमा बम भेटिएपछि त्यस रुट भएर चल्ने सवारी साधनलाई करिडोरको बाटो हुदैं डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.