Nepal's First Video FM

बिष्णु फुल्लेलकाे पहिलाे गित “मृत्युदण्ड” बजारमा

399

अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकामा जन्म लिएर बिगत लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत बिष्णु फुल्लेलकाे पहिलाे लोक दोहोरी गीत मृत्युुदण्ड लिएर दर्शक श्रोतामाँझ आएका छन । विशेष माया पिरतिमा हुने छल, अनुभव, भोगाई र उतारचढावलाई गीतले समाबेश गरेको छ ।

बिष्णु फुल्लेलको शब्दमा तयार भएको उक्त गीतमा बिष्णु माझि र वसन्त लम्सालको स्वर रहेको छ । उक्त गीतको लय भने खेम सेन्चुरीले तयार परेका हुन । गीतलाई भावना म्युजिक सोलुसनले बजार ब्यवस्थापन गरेको छ । ॐ शिव फिल्मसले तयार पारेको उक्त गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल बिमल अधिकारी, सगुन शाहि, बिशाल खनाल लगायतको समेत अभिनय रहेको छ । कपिल लामाले निर्देशन गरेको उक्त भिडियोलाई हरिष महराले छायांकन गरि अमर शाक्यले सम्पादन गरेका हुन ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.