नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतको लोकसभा चुनावबाट नेपालको कम्युनिष्ट पार्टीले पाठ सिक्न जरुरी भएको बताउनुभएको छ ।
‘कुनै बेलाको सशक्त र तीन राज्यमा सरकार चलाएको कम्युनिष्ट पार्टी कमजोर हुनुको कारणबारे नेपालको कम्युनिष्ट पार्टीले सिक्न जरुरी छ,’ उहाँले भन्नुभयो ।
शुक्रबार नेपालगञ्जमा नेकपा बाँके जिल्ला कमिटीका सदस्यहरुलाई सपथ ग्रहण गराउँदै वरिष्ठ नेता नेपालले भारतीय कम्युनिष्ट नेताहरुको पार्टीभित्रको अहंकार, नागरिकबाट टाढा हुनु र भ्रष्टिकरणले पार्टी कमजोर भएको बताउनुभयो ।
कम्युनिष्ट पार्टीको नेता कार्यकर्ताको आचरण, व्यवहार, चरित्र र सिद्धान्तमा भ्रष्टिकरण हुन नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालमा पनि कांग्रेसको अयोग्यताबाट कम्युनिष्ट पार्टीले पाठ सिक्दै जनतासँग प्रत्यक्ष जोडिनुपर्ने बताउनुभयो ।
उहाँले हरेक तहका सरकार सञ्चालनका लागि पार्टी कमिटीले ध्यान दिनुपर्ने बताउँदै सरकारले पार्टी सञ्चालन गर्ने नभई पार्टीले सरकार सञ्चालन गर्ने स्पष्ट पार्नुभयो ।
Comments are closed.