अर्थमन्त्री डा. युवराज खतिवडाले लोकप्रियतावादी (पपुलिस्ट) बजेट ल्याएको स्वीकार गरेका छन् ।
१५ खर्ब ३२ अर्बको बजेट ल्याउँदा सरकारले सामाजिक सुरक्षा भत्ता, तलब बृद्धि गर्नुका साथै सांसदलाई ६ करोड दिने लगायतका वितरणमुखी कार्यक्रम समावेश गरेको छ ।
बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले लोकप्रियवादी बजेट ल्याएको स्वीकार गरे । पाँच वर्षका लागि आएको सरकारले दोस्रो वर्षमै किन पपुलिस्ट बजेट ल्याउन हतार गरेको भन्ने प्रश्नमा अर्थमन्त्री खतिवडाले भने, ‘धेरे पखाई राखेर धर्यको बाँध टुटाउन हुन्न ।’
एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं
बजेटमा सडक सुधारका लागि डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ सडक सुधार कर लगाएको छ । सडक सुधारका लागि यो कर लागिएको भन्दै खतिवडाले भने, ‘ तपाईंहरु एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं ।’
Comments are closed.