Nepal's First Video FM

ड्युटीमा रहेका सैनिकमाथि बाघको आक्रमण

116

चितवनमा ड्युटीमा रहेका नेपाली सेनाका सैनिकमाथि बाघले आक्रमण गरेको छ । कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरिरहेका सैनिक आक्रमणबाट गम्भिर घाइते भएका हुन् ।

घाइते हुनेमा ताप्लेजुङ थुम्लिङ २ का ३४ वर्षीय राज विक रहेको प्रहरीले जानकारी दिएको छ । उनको बायाँ कान नभएको र घाँटीमा भित्री चोट देखिएको जनाइएको छ । शुक्रबार अपराह्‍न ड्युटीमै रहेको समयमा उनीमाथि बाघले आक्रमण गरेको हो ।

भरतपुरस्थित अस्पतालमा तत्काल उपचारका लागि लगिए पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं छाउनी अस्पतालमा रेफर गरिएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.