Nepal's First Video FM

देशमा राजनीतिक अधिकारको आन्दोलन सकियो

93

नेपाल स्काउटको आयोजनामा आजबाट शुरु भएको प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन)को उद्घाटनसत्रमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशलाई समृद्धिको खाँचो रहेको बताउनु भएको छ । नेपालसहित १४ देशका लगभग पाँच हजार स्काउट युवा सहभागी रहेको कार्यक्रमको पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक अधिकारको आन्दोलन सकिएको र अब विकासका लागि सुरु भएको बताउनु भएको हो ।

अब देश र जनाताको आवश्यकता विकास र समृद्धि रहेको बताउँदै सङ्कृणताबाटमाथि उठेर सबैले देश विकासमा जुट्नु पर्ने उहाँले बताउनु भएको छ । उहाँले राष्ट्र निर्माणका लागि कर्तव्यनिष्ठ र जिम्मेवार युवाको आवश्यकता रहेको बताउँदै युवाहरूको दक्षता, क्षमता अभिवृद्धिका साथै उनीहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने अभियानमा स्काउटको अहम भुमिका रहेको समेत चर्चा गर्नुभएको छ ।

राष्ट्र निर्माणमा अनुशासित र जिम्मेवार युवाको महत्वपूर्ण भूमिका रहने र यसका लागि स्काउट अन्तर्राष्ट्रिय स्तरबाटै अभियान चालेर लागि परेकोमा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गर्नुभयो । त्यस्तै युवा तथा खेलकूदमन्त्री एवं प्रथम स्काउट जगतबहादुर विश्वकर्माले युवालाई सकारात्मक मार्गमा अघि ढाउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरणसमेत गराउनु भयो । सो सम्मेलनमा १६ देखि २५ वर्ष उमेरका युवा स्काउटको सहभागिता छ।

प्रधानमन्त्री ओली अाजै तत्कालीन उड्डयनमन्त्री अधिकारीको सम्झनामा रहेको रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा कार्यक्रममा सहभागिता जनाएर अाज नै संघिय राजधानी काठमाडौं फिर्ता हुनेहुने कार्यक्रम रहेकाे छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.