Nepal's First Video FM

प्रथम लुम्बिनी एसइइ फुटसल प्रतियोगिता सुरु

484

काठमाडौँ, जेठ १७।लुम्बिनी एकेडेमी कलेजको आयोजनामा प्रथम लुम्बिनी एसइइ फुटसल प्रतियोगिता २०७६/०२/१७ गतेबाट सुरु भएको छ।खेलकुदको ज्ञान र शिप बिकासको साथ साथै खेल कौशलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको बिकास तथा अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाइ प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस भन्ने उद्देश्य राखेर उक्त प्रतियोगिता आयोजना गरिएको हो।

लुम्बिनी एकेडेमी कलेजको प्रिन्सिपल रबिनचन्द्र कोइरालाको सभापतित्वमा उद्घाटन भएको प्रतियोगितामा राष्ट्रिय फुटसल टिम पुर्व कप्तान अनिल गुरुङको प्रमुख अथित्यता रहेको थियो। विशेष अतिथिको रुपमा क्रिकेटर सोमपाल कामि, अभिनेत्री नम्रता सापकोटा रहेका थिए।

प्रतियोगिताको उद्घाटन एक कार्यक्रमबीच सभापति, बिशेष अतिथिबाट म्याच रेफ्री कृष्ण चौधरीलाई म्याच बल हस्तान्तरण गरेर सुरु गरिएको थियो।

उक्त प्रतियोगितामा पुरुषको ६१ टिम तथा महिलाको ९ टिमको सहभागिता रहने छ।प्रतियोगितामा बिहिबार सम्म लुम्बिनी कलेजको फुटसल ग्राउन्डमा चल्ने छ।

उक्त प्रतियोगितामा विजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्रको साथमा नगद पुरस्कारको पनि ब्यबस्था गरिएको आयोजकले जानकारी दिए।

प्रतियोगितामा विभिन्न विधामा उत्कृस्ट हुने खेलाडीहरुलाई कक्षा ११ मा उचित छात्रवृत्तिको पनि ब्यबस्था गरिएको छ।

खेलको उद्घाटनको इरोस एजुकेशन विरुद्ध लुम्बिनी एकेडेमीले खेलेर सुरु गरिएको थियो। प्रतोयोगिताको बाँकि खेलहरु आइतबारबाट हुने छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.