Nepal's First Video FM

रुखमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला

151

जनकपुर उप(महानगरपालिका वडा नम्बर २०को देवपुरा रुपैठा भन्ने ठाँउमा एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् । सोही ठाँउका सुनील झाका छोरा वर्ष २० का विवेक झा घर भन्दा झण्डै पचास मीटर पर स्थानीय नवल झाको आपको बगैँचामा एक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेस्वर कार्कीका अनुसार आज विहान स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको हो । प्रहरीले घटनास्थल पुगे लगत्तै अनुसन्धान सुरु गरेको छ ।

घटनाको प्रकृति हेर्दा हेंगिंग नै रहेको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट अात्महत्या हुन सक्ने सम्भावना बढि रहेकाे प्रहरीले जनाएकाे छ । थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ । घटना के कारण घटेको हो भन्नेबारे कुनै जानकारी आएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.