Nepal's First Video FM

काठमाडौंमा फेरि रात्रीबस चलाउने तयारी

685

सरकारले काठमाडौंमा ‘नाइट लाइफ’ आवश्यक रहेको निश्कर्ष निकाल्दै ‘रात्री बस सेवा’ पुनः सुरु गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले रात्री बस सेवा सुरु गर्ने प्रस्ताव गरेपछि झण्डै एक दर्जन यातायात कम्पनीले त्यसमा चासो दिएका छन् ।

काठमाडौंमा अधिकांश रुटमा रातको ८ बजेपछि गाडी पाउन मुस्किल पर्छ । बेलुकीको समयमा जस्तोसुकै भीड भए पनि सवारीहरुमा यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् । बस छुटेका यात्रु ट्याक्सीको तेब्बर भाडाको आतंक र मोलमोलाइबाट प्रताडीत छन् ।

यस्तो अवस्थालाई हिसाबले विभागले रातमा पनि बस सेवा सञ्चालन गर्न प्रस्ताव गरेको हो । यसका लागि सोमबार विभागले इच्छुक कम्पनीसँग छलफल गर्न लागेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

उनका अनुसार स्वयम्भु यातायात, महानगर यातायात, साझा यातायात लगायतका कम्पनीले रात्री बस सेवा सञ्चालनमा चासो देखाएका छन् ।

You might also like

Comments are closed.