Nepal's First Video FM

प्रधानमन्त्रीले बोलाए उपत्यकाका सांसदको बैठक

109

विधेयकका विषयमा विरोध तथा प्रदर्शन चर्कदै गएपछि प्रधानमन्त्री केपी शर्माओलीले काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई छलफलका लागि बोलाउनु भएको छ । युरोप भ्रमणबाट आइतबार स्वदेश फर्किएका ओलीले सोमबार विहानैदेखि गुठी विधेयकका विषयमा छलफल तथा परामर्श गर्नुभएको थियो ।

विधेयककका विषयमा संसद र सडक दुवैमा चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले संसदमा पेश गरिएको गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई छलफलका लागि बोलाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आइतबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा भएका कमजोरी सच्याइने बताउनु भएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.