Nepal's First Video FM

काठमाडौंका विभिन्न स्थानबाट विप्लवका ५ नेता पक्राउ

86

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाँच नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंका विभिन्न स्थानबाट उनिहरुलाई बुधबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, अखिल क्रान्तिकारीका ताम्सालिङ इन्चार्ज मुकुन्द, उदयपुर जिल्ला इन्चार्ज विकास र रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ रहेका छन् ।

पक्राउ परेका सबैजना राजधानी काठमाडौंका विभिन्न स्थानमा संगठन विस्तारका कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । उनिहरुलाई हातहतियार तथा खरखजना र राज्यद्रोहको मुद्दा लगाउने प्रहरीले जनाएको छ । मुलुकमा विस्फोट गाराई आतङ्क मच्चएर जनतामा त्रास फैल्याएको भन्दै केही महिना अघि नै सरकारले ‘विप्लव’ नेतृत्वको नेकपालाइ प्रतिबन्ध लागएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.