Nepal's First Video FM

राष्ट्रियसभामा रहेकाे गुठी विधेयक आज फिर्ता लिँइदै

292

सरकारले आज गुठीसम्बन्धी विधेयक आज औपचारिक रुपमै फिर्ता लिने भएको छ ।

राष्ट्रियसभामा दर्ता भएको विधेयक आज फिर्ता गर्न लागिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव शुक्रबार नै संसद्मा दर्ता गराइसकेको छ ।

राष्ट्रियसभाको आज बस्ने बैठकमा विधेयक फिर्ता गर्ने प्रस्ताव पेश गरिने बताइएको छ । गुठी विधेयकको विरोधमा काठमाडौंका नेवार समुदायले प्रदर्शन गर्दै आएका थिए ।

राष्ट्रियसभा कार्यसञ्चालन नियमावली अनुसार कुनै पनि प्रस्ताव फिर्ता लिनुभन्दा पहिले प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्था छ । यस्तो प्रस्ताव सामन्यतया फिर्ता लिनुभन्दा २४ घन्टा पहिलो नै गरिसक्नु पर्ने नियमावलीमा व्यवस्था छ ।

मन्त्रीको प्रस्ताव अनुसार अब प्रस्ताव सभामा पेस हुनेछ । विधेयक फिर्ताका लागि सभाले अनुमति दिनुपर्नेछ ।

अनुमति दिने वा दिने सम्बन्धमा मत विभाजन समेत हुन सक्नेछ । तर, प्रतिपक्षले निरन्तर फिर्ताको दबाब दिइरहेको र सत्तापक्षले प्रस्ताव गरेका कारण विधेयक सर्वसम्मत फिर्ता हुने अवस्थामा छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.