Nepal's First Video FM

सुआरेजले पेनाल्टी गाेल गर्न नसक्दा उरुग्वे क्वाटरफाइनलबाटै बाहिरियो

115

बार्सिलोना फरवार्ड लुइस सुआरेजले टाइब्रेकरमा गोल गर्न नसक्दा उरुग्वे कोपा अमेरिकाबाट बाहिरिएको छ । नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा पेरुले उरुग्वेलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै गरेको हो ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

उरुग्वेका दुई स्टार फरवार्ड लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेका थिए । तर त्यसलाई अफसाइड भएको भन्दै मान्यता दिइएको थिएन । पेरुका गोलरक्षक पेड्रो गलेसेले केही राम्रो बचाउ पनि गरे ।

टाइब्रेकरमा पहिलो प्रहार सुआरेजले गरेका थिए तर गोलरक्षक गलेसेले सुआरेजको प्रहार रोकिदिए । त्यसपछि दुवै तर्फका खेलाडीहरूले गोल गरे ।

उरुग्वेका एडिन्सन काभानी, क्रिस्टियन स्टुआनी, रोड्रीगो बेन्टान्कुर र लुकास टोरेराले गोल गरे भने
पेरुका लागि पाउलो गुरेरो, राउल रुईडाज, योशीमार योटुन, लुइस एड्भिनकुला र एडिसन फ्लोरेसले गोल गरे ।

यो जितसँगै पेरु प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अब सेमिफाइनलकाे खेलमा पेरूले साविक विजेता चिलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि ब्राजिल र अर्जेन्टिना पनि प्रतियाेगिताकाे सेमिफाइनलमा पुगिसकेका छन् । नेपाली समय अनुसार असार १८, बुधबार विहान ६:१५ मा ब्राजिल र अर्जेन्टिना भिड्दैछन् भने बिहिबार विहान ६: १५ मा पेरू र चिली भिड्दैछन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.