Nepal's First Video FM

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश, अर्जेन्टिना २–० ले पराजित

122

कोपमा अमेरिकामा अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा पुगेको छ ।

रोबर्टो फिरमिनो र ग्याब्रियल जेससको उत्कृष्ट प्रदर्शनद्वा गरेपछि अर्जे्न्टिनाको कोपा अमेरिका जित्ने अर्को एउटा अभियान विफल भयो ।

यसअघिका चार संस्करणमध्ये तीनवटाको फाइनलमा अर्जे्न्टिना पराजित भएको थियो । यो पटक भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

बेलो होरिजोन्टेमा भएको खेलमा ब्राजिलले अर्जे्न्टिनालाई २–० ले हरायो । ब्राजिलको जितमा फिरमिनो र जेससले एक एक गोल गरे ।

खेलको १९औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेका थिए । उनले रोबर्टो फिरमिनोको पासमा गोल गरे । ७१औं मिनेटमा फिरमिनोले जेससको पासमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसकेपछि अर्जे्न्टिना पराजित भयो ।

फाइनलमा ब्राजिलले डिफेन्डिङ च्याम्पियन चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.