फागुन ८, काठमाडौबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका चार जना कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शंकरदेव कलेजस्थित विद्यार्थी संगठनका नेता नरेन्द्रबहादुर भण्डारी, कार्यकर्ता अक्षयकुमार राई, सन्तोष खड्का र विक्रम केसी रहेका छन् ।
विप्लप नेतृत्वको नेकपाले बिराटनगरमा आफ्ना नेता, कार्यकर्ता पक्राउ परेको विरोधमा मंगलबार देशभर बन्द आह्वान गरेको थियो ।
यसैबीच, मंगलबार बिहान मध्य बानेश्वरमा बन्दकर्ताले सरकारी गाडीमा आगजनी गर्ने प्रयास गरेका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बन्दकर्ताले ओखलढुंगा जिल्ला अदालतको गाडीमा सामान्य क्षति पुर्याएको बताए ।
‘मर्मतका लागि गाडी ल्याइएको रहेछ’, पोखरेलले भने, ‘त्यसक्रममा आगजनीको प्रयास भएको हो । सामान्य क्षति छ ।’ बन्दकर्ताले तिनकुनेको सुविधानगरस्थित बागमती नदीको किनारमा समेत शंकास्पद वस्तु राखेका थिए ।
Comments are closed.