दयाहाङ राई स्टारर् फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक टिजरमा अभिनेता दया, उपासना सिंह ठकुरी र विजय बराललाई प्रस्तुत गरिएको छ ।
फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । यो फिल्मको निर्माताको रुपमा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियार रहेका छन्, भने सह–निर्माताको रुपमा रुदेन सदा लेप्चा रहेका छन् ।
फिल्ममा रेनेशा बान्तवा राईको कोरियोग्राफी र सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । त्यस्तै ब्याकग्राउण्ड संगीत रोहित शाक्यको रहनेछ ।
अर्गानिक कथावस्तुलाई पर्दामा प्रस्तुत गर्न माहिर रामबाबु गुरुङको ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्शन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिवा तुलधार, कमलमणि नेपाल, अरुणा कार्की लगाएत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।
Comments are closed, but trackbacks and pingbacks are open.