Nepal's First Video FM

पूर्वराजा ज्ञानेन्द्र सपरिवार हात्तीवनमा

89

आफन्तको आशौचका कारण २३ असारको जन्मोत्सव नमनाउने निर्णयमा पुगेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार फर्पिङस्थित हात्तिवन रिसोर्टमा पुगेका छन् ।

जन्मदिनको अघिल्लो दिन आइतबार हात्तिवन रिसोर्ट पुगेका थिए । उनीसँग पूर्व श्री ५ लाग्ने सबैको हात्तिवन रिसोर्टमा जमघट छ । विगत वर्षमा राजावादी समूहले उनको जन्मदिनमा रामै साथ दिएको भएतापनि यस पटक ७३आंै जन्मदिन मनाउने जाँगर भने उनले देखाएनन् ।

ज्ञानेन्द्रले, पूर्वरानी कोमल, हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयेन्द्र लिएर आइतबार दिउँसै रिसोर्टमा पुगेका थिए ।

सोमबार बिहान छोरा पारस, वालसखा प्रभुशम्सेर जवरा, पूर्व सैनिक सचिव शान्तकुमार मल्लसहित आफन्तहरु रिसोर्ट पुगेका थिए । आज रात्रीभोज मनाउन छोरी, ज्वाइ, धीरेन्द्र–पुत्री र जवाईहरु, बहिनीलगायत पूर्व श्री ५ लाग्ने सबैको जमघट हुनेभएको छ । बन्दोबस्तीका लागि निजी सचिव सागर तिमल्सिनाबाहेक अन्य कर्मचारीको उपस्थिति देखिएको छैन । कुनैपनि कर्मचारीले ज्ञानेन्द्रलाई शुभकामना दिन पाएका छैनन्–एक कर्मचारीले नेपाल समाचारपत्रलाई भने । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.