Nepal's First Video FM

तीनकुनेमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीद्धारा निष्क्रिय

737

फागुन ८, काठमाडौंको तीनकुनेमा रहेको बागमती पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । महानगरीय प्रहरी वृत बानेश्वर नजिकै रहेको पुलमा राखिएको शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेकोे हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार शंकास्पद वस्तु बम नभएर होक्स भएको पुष्टि भएको छ । बन्दकर्ताले सर्वसाधारणलाई तर्साउन शंकास्पद वस्तु राखेको अनुमान गरिएको छ ।

अहिले बानेश्वर तिनकुने रुटमा गाडी चल्न थालेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.