Nepal's First Video FM

तरकारी र फलफूलमा विषादी परीक्षणको माग गर्दै सर्वोच्चमा रीट दर्ता

374

भारतबाट निर्वाध रुपमा तरकारी र फलफूलमा प्रयोग हुने विषादी परीक्षणको अनिवार्यरुपमा चेकजाँच गराउने आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि अदालत समक्ष माग गरेका हुन् ।

निवेदकहरुको रीटमा विषादीयुक्त तरकारीले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले स्वास्थ्य खान पाउनु नागरिकको नैसर्गिक अधिकार भएकोले चेकजाँच गर्ने आवश्यक पूर्वाधार नभएको बहानामा रोकिनु गलत भएको उल्लेख छ ।सरकारले गत असार २ गते निकासी पैठारीसम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरी तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख गर्दै चेकजाँचलाई अघि बढाएको थियो ।जसको भारतीय दूतावासले पत्र लेखेरै विरोध गर्‍यो ।

लगतै सरकारले तयारी नपुगेको र चेकजाँच गर्ने आवश्यक पूर्वाधार नभएको भन्दै ६ महिनालाई विषादी जाँच गर्ने निर्णय स्थगित गर्‍यो । जसको अहिले सर्वत्र विरोध भइरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.