Nepal's First Video FM

विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्डबीच पहिलो सेमिफाइनलमा खेल हुँदै

68

इग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्डबीच सेमिफाइनलमा खेल हुँदेछ । लिगको अंक तालिकामा पहिलो स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्यान्डबीच खेल हुन लागेको हो । खेल अपराह्न ३ :१५ बाट सुरू हुनेछ ।

खेल म्यानचेस्टरमा हुने छ । लिग चरणमा दुवैबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको थियो । प्रतियोगिताको लीग चरणमा राम्रो प्रदर्शन गरेको भारत एउटा खेलमा मात्रै पराजित भएको थियो । शुरुवाति खेलहरुमा राम्रो प्रदर्शन गरेको न्युजिल्यान्ड लिग चरणका अन्तिम खेलहरुमा भने पराजित भएको छ ।

पाकिस्तानसँग समान अंक भएपनि नेट रनरेटका आधारमा न्युजिल्यान्ड अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो । भारतले दुई पटक विश्वकप क्रिकेट जितिसकेको छ भने न्युजिल्यान्डले जित्न सकेको छैन । त्यस्तै अस्ट्रेलिया र इग्ल्यान्डबीच दोस्रो सेमिफाइनलमा बिहीबार हुनेछ । भारतले उछि्न्दा दाेस्राे स्थानमा झरेकाे अष्ट्रेलिया र तेस्राे स्थानमा रहेकाे इग्ल्यान्डबीच खेल हुनेछ । त्यसपछि यी मध्येकाे विजेता र भारत-न्युजिल्याण्डमध्येकाे विजेता उपाधिका लागि भिड्नेछन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.