Nepal's First Video FM

बाढी-पहिरोमा परेर मर्नेको सङ्ख्या ४५ पुग्यो, २२ बेपत्ता

114

गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रका अनुसार अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट हालसम्म ४५ जनाको मृत्यु भएको छ । अन्य २२ जना बेपत्ता भएका छन् भने २९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जनाको ज्यान गएको छ। त्यस्तै भोजपुरमा ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। खोटाङ, काठमाडौं मकवानपुरमा ३/३ जनाको मृत्यु भएको छ।

मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २/२ जनाको ज्यान गएको छ। इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १/१ जनाको मृत्यु भएको छ।

यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २२ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांक छ। सबैभन्दा धेरै बिस्थापित हुनेमा सिरहामा ५ हजार सर्लाहीमा ३ हजार बारामा १६६५ मोरङमा ४००, रौतहटमा २०० घरधुरी र पर्सामा १२० घरघुरी बिस्थापित भएका छन्।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.