Nepal's First Video FM

मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो सिरिज

81

नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी-ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ ।

आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हराएर दुवै खेल जितेको हो। यसअघि नेपालले शनिबार भएको पहिलो टी-२० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन विजयी लक्ष दिएको थियो । घरेलु टोली मलेसिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाउन सक्यो ।

अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको मलेसियाको ३ विकेट बचेको थियो। तर अभिनाश बोहोराले उत्कृष्ट बलिङ गर्दै ७ रनमात्र खर्चिए ।

मलेसियाका लागि ओपनर सैद अजिजले अर्धशतक प्रहार गरे। उनले ३७ बलमा ७ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर विरन्दीप सिंहले २३ रन जोडे।

अमिमुद्दीन रामले २४ रन जाेडे । उनले ११ बलमा ३ छक्का प्रहार गरे । मोहमद साहददले २१ रन
कप्तान अहमद फैज १७, शफिक शरिफ १०, अनवार अरुदीन ७ रन

बलिङमा नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। अभिनास बोहोरा, करण केसी र कप्तान पारस खड्काले १-१ हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोड्योकाे थियाे ।

नेपालका लागि विनोद भण्डारीले ५१ रन, शरद भेषावकरले ४० रन, कप्तान पारस खड्काले २३ रन, पवन सर्राफ भने १० रन, ज्ञानेन्द्र मल्लले ७ रन, रोहित कुमार पौडेलले १९ रन, करण केसीले १६ रन जोड्न सफल भएका थिए ।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए। त्यस्तै सयेद अजिज र शर्भिन मुनियान्दीले एक एक विकेट लिएका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.