सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि खोलिएका ५६ वटै ढोकामध्ये बिहान ८ बजेदेखि १० वटा बन्द गरिएका छन्।
पानीको बहावले पुललाई नै खतरा भएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको थियो। गय राति साढे १० बजेपछिे पानीको बहाव ३ लाख ७१ हजार २१० क्युसेक पुगेपछि भारतले सबै ढोका खुला गरेको कोशी ब्यारेजस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभएको छ ।
उक्त बहाव १५ वर्षयताकै उच्च हो। आज बिहान ८ बजेको मापनअनुसार पानीको बहाव २ लाख ९० हजार ३४० क्यूसेक पुगेको छ ।
Comments are closed.