Nepal's First Video FM

झालाई मुख्यन्यायाधीवक्तामा नियुक्त गर्नु गैरसंवैधानिक भन्दै रिट दायर

486

फाल्गुन ८, अधिवक्ता दिपेन्द्र झालाई प्रदेश २ का मुख्यन्यायाधीवक्तामा नियुक्त गर्नु गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । संविधानमा उल्लेख भएको व्यवस्था बमोजिम योग्यता नपुगेको भन्दै झाको नियुक्तिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

अधिवक्ताद्धय डिल्ली प्रसाद न्यौपाने र मधुर पाठकले दायर गरेको रिटमा संवैधानिक व्यवस्था अनुसार सो पदमा योग्य व्यक्तिलई मात्रै सिफारिस र नियुक्ति गर्न भन्दै परमादेश लगायत उपयुक्त आदेशको माग गरिएको छ । साथै, रिटको अन्तिम टुंगो नलागे सम्म काम नगर्न/नगराउनु भनी अन्तरीमको आदेशको माग समेत गरिएको छ । झालाई गत आईतबार प्रदेश २ को मुख्यन्यायाधीवक्तामा नियुक्त गरिएको थियो ।

साभार इकान्तिपुर

You might also like

Comments are closed.