Nepal's First Video FM

सवारीसाधनको ठक्करबाट तनहुँमा १ जनाको मृत्यु

148

पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सवारीसाधनको ठक्करबाट घाइते दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदलयात्री दर्लामीलाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.