Nepal's First Video FM

कांग्रेसले ६ वटा प्रदेशका १९ उम्मेदवारको टुंगो लगायो

994

माघ १०, कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा ६ वटा प्रदेशबाट १९ उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रदेश १, ३, ४, ५, ६ र ७ मा पार्टीले उठाउने उम्मेदवारको नाम छनोट गरेको हो ।

प्रदेश २ मा भने राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तालमेल गर्ने सहमति कांग्रेसले गरेको छ ।

प्रत्येक प्रदेशमा आठ–आठजनाका दरले उम्मेदवार उठाउनुपर्ने भए पनि पार्टीले ६ वटै प्रदेशमा चार–चारजना उम्मेदवार उठाउने निक्र्योल गरी नाम तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘चार–चारजनाका दरले नाम टुंग्याएका छौँ,’ शर्माले भने । प्रदेश १ का तीन र ३ का दुईजना उम्मेदवारको नाम टुंगो लगाउन मंगलबार मध्यरातसम्म बैठक जारी थियो ।

कांग्रेस उम्मेदवार
प्रदेश १
विन विश्वकर्मा, दलित (झापा)

प्रदेश २
कांग्रेस, राजपा र फोरमलाई दुई–दुई सिट, उम्मेदवार तय हुन बाँकी

प्रदेश ३
हरिशरण नेपाली, दलित (काठमाडौं)
मदनकृष्ण श्रेष्ठ, अल्पसंख्यक-अपांगता (भक्तपुर)

प्रदेश ४
सुरेन्द्रराज पाण्डे, खुला (गोरखा)
वृन्दा रानामगर, महिला (कास्की)
जितबहादुर नेपाली, दलित (पर्वत)
प्रकाश पन्त, अपांगता/अल्पसंख्यक (तनहुँ)

प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय, खुला (रुपन्देही)
अनिता देवकोटा, महिला (दाङ)
मैकुलाल वाल्मीकि, दलित (बाँके)
लुटबहादुर खत्री, अपांगता-अल्पसंख्यक (बाँके)

प्रदेश ६
विष्णुबहादुर शाही, खुला (कालिकोट)
सूर्यदेवी मल्ल, महिला (जुम्ला)
मित्रलाल सार्की, दलित (सल्यान)
गोपालप्रसाद शर्मा, अपांगता-अल्पसंख्यक (रुकुम)

प्रदेश ७
बद्री पाण्डे, खुला (बाजुरा)
तारादेवी भट्ट, महिला (कञ्चनपुर)
शेरीराम पार्की, दलित (बैतडी)
छत्रराज जोशी, अपांगता-अल्पसंख्यक (कैलाली)

दुई केन्द्रीय सदस्य र चार पूर्वसांसद उम्मेदवार
कांग्रेसले दुई केन्द्रीय सदस्य र चारजना पूर्वसांसदलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको छ । प्रदेश ७ बाट खुलातर्फ उम्मेदवार बनेका बद्री पाण्डे र प्रदेश ४ बाट खुलातर्फ उम्मेदवार बनाएका सुरेन्द्रराज पाण्डे केन्द्रीय सदस्य हुन् ।

बद्री पाण्डे पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फका सांसद हुन् ।

त्यस्तै, दाङकी अनिता देवकोटा, कास्कीकी वृन्दा रानामगर र बाँकेका मैकुलाल वाल्मीकि पूर्वसांसद हुन् । रुकुममा ११ साउन ०५५ तत्कालीन माओवादीले दुवै आँखामा तेजाव हालेर आँखाको ज्योति गुमाएका गोपालप्रसाद शर्मालाई कांग्रेसले अपांगता कोटामा प्रदेश ६ बाट उम्मेदवार बनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.