Nepal's First Video FM

एल.आर.आई.मा अग्नी नियन्त्रण तालिम

687

काठमाडौं साउन ९ ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल (ज्ञान) र ब्एक्ब् ल्भउब िको संयुक्त आयोजनामा आज “अग्नि नियन्त्रण तथा विपद् उद्धार स्वयंसेवक तालिमको आयोजना गरिएको छ ।

कलंकीस्थित एल.आर.आई. स्कूलमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका विपद व्यवस्थपन विभागका किशोर कुमार भट्टराईले आगलागिबाट हुने क्षतीलाई न्यूनिकरणका लागि तालिम आफैमा प्रभावकारी रहेको बताउँदै विपदको समयमा अपनाइनु पर्ने विभिन्न सावधानीको विषयमा प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै विद्यालयका प्राचार्य डा. देवकान्त जोशी, शिवराज पन्त लगायतका सहभागी वक्ताले जनचेतना अभिवृद्धिका लागि यसकिसिमको प्रशिक्षण कार्यक्रमबाट संभावित क्षतिलाइ हदैसम्म न्यूनिकरण गर्न सक्ने धारणा अभिव्यक्त गर्नु भएको थियो ।

एल.आर.आई.स्कूलका संस्थापक निर्देशक शिवराज पन्तको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपालका अध्यक्ष रुपचन्द्र पन्त ,उपाध्यक्ष निरु महर्जनका साथै ब्एक्ब् ल्भउब िका अध्यक्ष लोकेश कुमार मानन्धर, महासचिव निर्मल भट्टराई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.