Nepal's First Video FM

पृथ्वीनारायण शाहको शालिक शिलान्यास

615

फाल्गुन ८, जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ ।

दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिकको शिलान्यास गर्नुभएको हो ।

शालिक निर्माणका लागि चार रोपनी जग्गा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गर्नुभएको ‘राष्ट्रियता संरक्षण अभियान’का अध्यक्ष तथा शालिक निर्माणका परिकल्पनाकार हेमबाबु लेखकले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा पृथ्वीबाटिकासहितको २१ फिट अग्लो शालिक र विशाल नेपालको नक्सा बनाइने लेखकले बताउनुभयो । निर्माणका लागि करिब रु एक करोड खर्च लाग्ने उहाँको भनाइ छ ।

साभार रासस

You might also like

Comments are closed.