सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् ।
बुधबार बिहान साढे तीन बजेदेखि चार बजेको बीचमा आगजनी भएको छ । आगो लागेको जानकारी पाएलगत्तै स्थानीयले आगो निभाउन खटिएका थिए । स्थानीयले आगो निभाइसकेपछि प्रहरी घटनास्थल पुगेको थियो । बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली घटनास्थल पुगेर निरीक्षण गरेका थिए । उनीहरुले नै जलेका सामानबाहिर निकालेका थिए ।
Comments are closed.