फागुन ८, दाङको तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर-१९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकाश गिरी र तुलसीपुर-५ निवासी प्रेम परियार रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
परियारले बन्दको अवज्ञा गरेको भन्दै बसपार्कमा मोटरसाइकल पल्टाइदिएको र चौधरी तथा गिरीले ग्वारखोलामा सवारी चालकमाथि हातपात गरेको आरोप लागेको छ । पक्राउ परेका तीनै जनालाई आदेश अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.