फागुन ८, कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यशाली विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।
कोकाकोला नेपालद्धारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफर अन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पुर्ण खर्च सहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताए ।
उनले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफर अन्तर्गत १२ हजार ६ सय विजेताले फिफाको लोगो अंकित विशेष उपहार समेत जित्न सक्ने बताए ।
‘कोक खाम रसिया जाम’ भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ । यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएस मार्फत पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सकिनेछ ।
उक्त अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ । यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने आयोजकको भनाइ छ । रासस
Comments are closed, but trackbacks and pingbacks are open.