Nepal's First Video FM

काठमाडौंमा प्रहरीले गोली हानेर दुईजना पक्राउ गर्‍याे

69

गुण्डागर्दीमा संलग्न दुई जनालाई प्रहरीले स्वयम्भूमा गोली प्रहार गरेर पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न लोप्चन लामा भन्ने मिलन लामा र अमृत तामाङलाई नियन्त्रणमा लिने क्रममा विजेश्वरी हाउजिङमा गोली चलाएको हो ।लामाको दुवै घुँडामुनि २ वटा गोली लागेको छ । उनीहरु गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएको प्रहरीले बताएको छ । प्रहरी अधिकारीका अनुसार अमृत र मिलन दुवै रामेछापका हुन् ।

अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा उनीहरु भाग्न खोजेकाे र साेही क्रममा पक्राउ गर्न गाेली चलाइएकाे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए ।उनीहरुले रामेछापकै लिखु गाउँपालिका अध्यक्षसँग दुई करोड रुपैयाँ मागेका थिए । गाउँपालिका अध्यक्षले दुई करोड नदिए उनकी छोरीलाई मार्ने धम्की दिएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.