प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ एक दिन लम्बिएको छ ।
स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन समय लागेपछि प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बिएको हो । उनी सोमबार अपराह्न थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणका रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ ।
सिंगापुरमा रहेका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री अस्पतालमा भर्ना भएर बसेनन् । अपार्टमेन्टमा बसेका प्रधानमन्त्री चिकित्सकको परामर्शका लागि नियमित अस्पताल गएका छन् ।
Comments are closed.