Nepal's First Video FM

कृषि मन्त्री खनालको दुखेसो : कृषिको अवस्था राजाको पालामा भन्दा पनि बिग्रियो

95

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल (वलदेव)ले नेपालको कृषि उत्पादनको अवस्था अत्यन्तै बिग्रिएको बताउनुभएको छ । काठमाडौंमा सुरु भएको एशियन कृषि सम्मेलन तथा पदर्शनीमा कृषि तथा पशुपन्छी विकास मन्त्री खनालले दलका नेताहरुले नेतृत्व गरेपछि नेपालको कृषि क्षेत्रको अवस्था राजाको पालामा भन्दा पनि खत्तम भएको बताउनुभएको हो ।

‘यसो भन्दा कसैलाई चित्त दुख्ला तर दलका नेताले नेतृत्व गरे पछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ, त्यसको कारण के हो ? यो सबैको दायित्व सरकारले लिनु पर्छ ।’ मन्त्री खनालले भन्नुभयो ।

उहाँले अहिले पनि नेपालको कृषिले युवाहरूलाई आकर्षित गर्न नसकेको बताउँदै युवालाई कृषिमा तान्ने र राज्यप्रती जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । उहाँले कृषि कर्म गर्नको लागि युवालाई अनुदान र सहुलियतको ऋण दिने व्यवस्थालाई थप कडाई गर्ने पनि जानकारी दिनुभयो ।

यस्तै भारतबाट आउने तरकारीको बिषादी जाँच फिर्ता लिएको भन्ने कुरामा सत्यता नभएको भन्दै मन्त्री खनालले हरेक नाकामा सबै ट्रक जाँच गर्ने कुरा बैज्ञानिक नहुने पनि स्पष्ट पार्नुभयो । नाकामा रहेका ल्यावले जम्मा २ वटा समुहको बिषादी मात्रै जाँच गर्ने र तिनको क्षमता बढानुपर्ने पनि उहाँले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ को सहकार्यमा भएको कार्यक्रम मंगलबारसम्म चल्नेछ । समिटमा हामी सक्छौं कृषि गीति नाटक, सांस्कृतिक कार्यक्रम, कृषि योगा तथा मोटिभेशनल सत्र लगायतका थप कार्यक्रमहरु पनि रहेका छन । साथै, नेपाल कृषि घोषणा पत्र पनि जारी गरिनेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.