Nepal's First Video FM

ट्राफिक महाशाखाको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

141

मंगलबार राति ड्युटीमा गएका ट्राफिक प्रहरी चढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एकको मृत्यु भएको छ । महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा परिचय नखुलेका एक पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति ड्युटीमा गएका ट्राफिक प्रहरी चढेको गाडीले ठक्कर दिँदा ती व्यक्ति घाइते भएका थिए । उनको बुधबार बिहान मृत्यु भएको हो ।

उपचारका लागि घाइते अवस्थामा उनलाई प्रहरीले नै राष्ट्रिय ट्रमा सेन्टरमा लगेका थिए । उपचारकै अवस्थामा चिकित्सकहरुले उनलाई बुधबार बिहान ९ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खोजी भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.