Nepal's First Video FM

उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन गर्न नसकिने

345

विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि लिँदा लाग्ने शुल्क पुनरावलोकन गर्न नसकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले राष्ट्रिय सूचना आयोगलाई पत्र लेख्दै सो जवाफ दिएको हो ।

शैक्षिक प्रशासन तथा संगठनसम्बन्धी नियम २०५० अनुसार कार्यकारी परिषदले शुल्क तोकेकाले त्यसलाई पुनरावलोकन गर्न नसकिने त्रिविको भनाइ छ ।उत्तरपुस्तिका हेर्न र प्रतिलिपि लिन लाग्ने शुल्क पुनरावलोकनको माग गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन परेपछि आयोगले त्रिविको जवाफ मागेको थियो ।

You might also like

Comments are closed.