Nepal's First Video FM

सुनकाे मूल्य तोलामा १२ सय रुपैयाँले बढ्याे

171

सुनको भाउ बिहिबार तोलामा १२ सय रुपैयाँले बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १२ सय रुपैयाँले बढेर ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

लगातार उकालाे लागेकाे सुनकाे भाउ हिजाे (बुधबार) तोलामा ७ सय रुपैयाँ घटेको थियाे । बुधबार छापावाला सुन प्रतितोला ७० हजार ३ सयमा काराेबार भएकाे थियाे ।

विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ८४० पुगेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.