Nepal's First Video FM

कालिकोटमा मुख्यमन्त्री शाहीलाई लक्षित गरी पूनः बम विस्फोट

345

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ।कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदै गर्दा मुख्यमन्त्रीलाई लक्षित गरेर दुई बम विस्फोट भएको प्रहरीले जनाएको छ।उक्त बम विस्फोट नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित समूहका कार्यकर्ताले गरेको प्रहरीको भनाइ छ।

यसअघि कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटनका लागि पुगेका मुख्यमन्त्री शाही उपस्थित कार्यक्रमस्थल नजिकै बुधबार दिउँसो पनि उक्त समूहले बम विस्फोट गराएका थिए ।

मुख्यमन्त्री शाही एक हप्ता लामो गृह जिल्ला भम्रणमा रहेको बुझेसँगै विप्लव कार्यकर्ताले बिस्फोटका क्रियाकलाप बढाएका छन् ।

You might also like

Comments are closed.