Nepal's First Video FM

घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ पक्राउ

45

रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताए ।

शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.