Nepal's First Video FM

हवाई सुरक्षाबारे छलफल आजदेखि काठमाण्डौमा शुरु

546

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं सम्मेलन आज(सोमवार)बाट काठमाडौंमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने यो सम्मेलनको नारा ‘क्षमताको सीमितता पूरा गर्न सामूहिक प्रयास’ राखिएको छ ।

सम्मेलन अवधिभर बिभिन्न कार्यपत्र पेस हुने छन् । नेपालले मात्रै तीनवटा कार्यपत्र पेस गर्ने प्राधिकरणले जनाएको छ । सम्मेलनमा ४३ देशका दुई सय ९१ प्रतिनिधि, २६ प्रवर्द्धक संस्था र अन्य सहभागी गरी करिब चार सय विदेशीको सहभागीता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुभएको सम्मेलनलाई अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यूले पनि सम्बोधन गर्ने कार्यक्रम छ । एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

यो सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आईकाओको वार्षिक सम्मेलनमा प्रस्तुत गरिने छ । एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको सम्मेलन यसअघि नेपालमा सन् १९७८ र १९९८ मा पनि आयोजना भएको थियो ।

You might also like

Comments are closed.