Nepal's First Video FM

अरिङ्गालको टोकाइबाट एक युवकको मृत्यु

504

पाल्पा – पाल्पामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। तानसेन नगरपालिका–१२, बौघापोखराथोकका २१ वर्षीय हेमु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घर नजिकैको धारादी सियानडाँडा सामुदायिक वनमा रुखमा भएको अरिङ्गाल पोल्न गएका रानाको मृत्यु भएको हो।स्थानीय कृष्ण आलेले साथीहरुको समूहमा अरिङ्गाल पोल्न गएका रानाले पोल्दापोल्दै पुरै नपोलिकन गोला झिक्न लागेको समयमा अरिङ्गालले टोक्न थालेपछि आत्तिएर रुखबाट छिटो झरेको बताए।

उनलाई तत्कालै मिशन अस्पताल लगिएको तर बचाउन नसकिएको आलेले बताए। गरिब परिवारका रानाले खानको लागि ८/१० जनाको समूहमै अरिङ्गाल पोल्न गएको बताईएको छ।

सोमबार राती ८ बजे घरनजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका रानालाई अरिङ्गालले टोकेर घाइते भएका थिए। उनको मंगलबार दिउँसो करिब १ बजेतिर तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताईएको छ।

You might also like

Comments are closed.