Nepal's First Video FM

२५ वर्षे मै हेडमास्टर

54

परिवर्तनशील समाजका यस्तै उपज हुन्, राजकुमार खड्का । उमेर २५ वर्ष । खोटाङ जिल्लाको दिप्रुङ गाउँपालिका वडा नं. ६ छितापोखरीस्थित श्री जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् उनी ।छितापोखरीका स्थानीयवासी रहेका उनी करिब दस वर्षयता शिक्षण पेसामा संलग्न छन् । उच्च शिक्षाका निम्ति काठमाडौं उक्लिएका उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर (एमएड) गरिरहेका बेला गाउँको विद्यालय व्यवस्थापन समितिले उनलाई अस्थायी शिक्षकका रूपमा बोलायो । ‘कक्षा ९–१० बढ्दा केही विषय कमजोर सरहरूले पढाउँथे, त्यो कामचलाउ तरिका थियो,’ उनले भने, ‘त्यसकारण मलाई राम्रो शिक्षक हुनुपर्छ भन्ने लागेको थियो ।’

उनले २०७२ साल वैशाखदेखि उक्त माविमा प्रावि तहमा अस्थायी शिक्षकका रूपमा प्रवेश पाए । ‘त्यतिखेर एमएड प्रथम वर्षमा पढ्दै थिएँ,’ त्यसअघि काठमाडौंका केही बोर्डिङ स्कुलमा पढाएको सुनाउँदै उनले भने, ‘आफ्नै थलोमा शिक्षक बनेर गाउँको शिक्षा सुधार गर्छु भन्ने अठोट लिएँ । विद्यालय व्यवस्थापनले नयाँ पुस्तालाई प्राथमिकता दिने भन्यो । मैले आँट गरें । दुई वर्षदेखि प्रअ (प्रधानाध्यापक) छु । २०७५ चैतदेखि प्रावि तहमा स्थायी छु ।’उनले विद्यालय प्रवेशसँगै माध्यमिक तहमा पढाउने जिम्मेवारी पाए । हरसम्भव सबै विषय सुधारको प्रयास गरेका छन् । परम्परागत शिक्षण पद्धतिमा परिवर्तन गर्दै चक र डस्टरका अतिरिक्त सेतोपाटी र प्रोजेक्टरको शिक्षण विधि अपनाए । कम्प्युटर कक्षा विस्तार गरे । बालमैत्री कक्षाकोठा, शिक्षकमैत्री बैठक कोठा, समुदायमुखी व्यवहारलाई जोड दिएको उनले सुनाए । मावि शिक्षक दरबन्दी एकजना मात्रै छ । साढे दुई सय विद्यार्थी छन् । तैपनि यो विद्यालयको बालबालिकाको निरन्तर सिकाइ मूल्यांकन र एसईईको नतिजा जिल्लाभरि उत्कृष्ट सावित भयो ।

कान्तिपुर दैनक बाट साभार

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.