Nepal's First Video FM

राष्ट्रपति भण्डारी र प्रचण्डबीच शीतल निवासमा भेटवार्ता

77

राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले शितनिवासमा भेटवार्ता भइरहेको छ।

फाइल तस्वीर
समसामयिक विषयमा कुराकानी गर्नका लागि राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच केहि समयअघिदेखि भेटवार्ता चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला नेकपाको कार्यकारीको जिम्मा पाएका अध्यक्ष प्रचण्डले भेटवार्तालाई तिब्र बनाएका हुन्।

पछिल्लो समय नेकपाका वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष केपी ओलीबीचको विवाद मिलाउन राष्ट्रपतिले समेत भूमिका खेलेको चर्चा भइरहँदा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.