Nepal's First Video FM

बेलायतमा मासु अभावमा ६४६ केएफसी बन्द

791

फाल्गुन ९, बेलायतमा कुखुराको मासु अभावमा केएफसी रेस्टुरेन्ट र यसका सयौं आउटलेट बन्द भएका छन् । त्यहाँ कम्पनीका ९ सयजति आउलेट्सहरू रहेकामा मंगलबार बिहान ११:२५ सम्म ६ सय ४६ वटा बन्द रहेको केएफसीको वेबसाइटमा उल्लेख छ । सोमबार ९ बजे रातिसम्ममा ५ सय ७५ वटा आउटलेट बन्द थिए ।

गत साता फ्राइड चिकेन चेनले आपूर्ति बन्द गरेपछि आउटलेट मासु अभावमा सञ्चालन गर्न समस्या भएको जनाइएको छ । चेनले डीएचएलसँग मासु आपूर्ति गर्नका लागि गरिएको करारले केही समस्या भएको भन्दै आपूर्ति ठप्प पारेको हो । केएफसीका एकजना प्रवक्ताले भने, ‘हामीले मंगलबार धेरैवटा आउटलेट खोल्यौं, अगामी दिनहरूमा २४ सै घण्टा खोल्ने गरी काम भइरहेको छ ।’ ती प्रवक्ताका अनुसार तर केही दिन थप मासु आपूर्ति हुुनुपर्छ । उनले भने, ‘तर, सबै आउटलेट सञ्चालनमा ल्याउन एक साताजति लाग्न सक्छ ।’

साभार इकान्तिपुर

You might also like

Comments are closed.