Nepal's First Video FM

दुर्घटनामा परि २ जनाको मृत्यु

606

फाल्गुन ८, काठमाडौं र ललितपुरमा छुट्टाछुट्टै भएका दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । बालकुमारीमा भएको दुर्घटनामा चितवन कठार घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३२ वर्षीय सुस्मा लामाको मृत्यु भएको हो ।

पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर भागेको र ठक्कर दिने गाडीको अजै पनि खोजतलाश भैरहेको जानकारी प्राप्त भएको छ ।

यसैगरी नेपालटारमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोटका २६ वर्षीय चन्द्रप्रकाश मोक्तान रहेका छन् ।

गुडिरहेको बसको पछाडि ठोक्किएर मोक्तानको मृत्यु भएको छ । दुर्घटनामा घाइते मिलन परियारको उपचार ट्रमा सेन्टरमा भइरहेको छ ।

You might also like

Comments are closed.