Nepal's First Video FM

गुण्डा नाइके पुन मारिए संगै युवा संघका अध्यक्षबाट आयो यस्तो अचम्मको संदेश

612

फाल्गुन ८, गुण्डा नाइके मनोज पुन र उनका सुटर सोम आले प्रहरीको कार्वाहीमा मारिएका छन्। रुपन्देहीको देवदह–४, भवानीपुरमा पुन र आले मारिएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले पुष्टि गरे ।

सीआईबीको समन्वयमा पुनलाई इन्काउन्टर गर्न सफल भएको ज्ञवालीले बताएका छन् । युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलु तथा काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा पुन समूहले लिएको थिए ।

आफ्ना हुनहार मित्रजनको हत्या तथा देशमा नै आतंक मच्चाईरहेको पुनको ईन्काउटर भएको खबरले आफुहरु खुसि भएको युवा संघ रुपन्देही अध्यक्ष नकुल शाहीले बताएका छन् ।

सिआईबिको टोलिले गरेको यो कार्यको सराहना गर्दै यो कार्यले सबै सुरक्षित महशुस गरेको शाहीले बताए ।

एकपछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न रहेपछि नेपाल प्रहरीको लागि पुन समुह टाउको दुखाइ हुँदै आएको थियो ।

यो किसिमको ईन्काउन्टरले आपराधिक क्रियाकलाप गर्ने ब्यक्तिको मनोबाल घट्दै जाने बताउँदै अध्यक्ष शाहीले अबका दिनमा ब्यवसायी तथा राजनितिककर्मिहरु पनि सुरक्षित महशुस गर्न सकिने बताउँछन् ।

नेपाल प्रहरीलाई कमजोर ठानेर गरिंदै आएको आपराधिक क्रियाकलाप पनि रोकिई अब दिनदहाडै धम्कीपूर्ण फोन आउन कम हुने उनी बताउँछन् ।

यता उनका बाँकी साथीहरुले अबका दिनमा यस्तै कामलाई निरन्तरता दिने सोचेमा मात्र पनि बाँकीको पनि हालत मनोज पुनकै हुने शाहीले बताए ।

उनका साथीहरु मध्यको मूख्य योजनाकार तथा मनोज पुनलाई यो स्थान सम्म पुर्याउन सहयोग गर्ने समिर बस्नेत पनि पक्राउ परीसकेको बताउँदै अब यो कार्य बन्द हुने बताए ।

साथै नेपाल प्रहरी र सीआईबीको टोलि मिलेमा सबै काम गर्न सक्ने भन्दै डरको आडमा लुट्ने प्रबृत्ति हटेको बताए ।

बिहान ३ः३० मा भएको ईन्काउन्टर पश्चात प्रहरीले लुम्बिनी अञ्चल अस्पतालमा शबलाई राखेको छ । शव ननिकाल्दासम्म आफुहरु यहाँबाट नहट्ने शाहीको अडान छ ।

You might also like

Comments are closed.