काठमाण्डौ – नेकपाका महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न उहाँ दिउँसो सवा एक बजे सिँगापुर जान लाग्नुभएको हो ।
महासचिव पौडेल प्रधानमन्त्रीसँगै आउँदो शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ । यसअघि महासचिव पौडेलसँगै उपाध्यक्ष वामदेव गौतम पनि सिंगापुर जाने भनिए पनि त्यो हल्ला मात्रै भएको गौतमको निजी सचिवालयले जनाएको छ ।
गएको ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको छ । प्रधानमन्त्री ओलीको सोमबार छैटौँ चरणको प्लाज्मा फेरसिस गरिएको र भोलि अन्तिम चरणको उपचार गरी शुक्रबार स्वदेश फर्किने उहाँको सचिवालयले जनाएको छ ।
Comments are closed.