Nepal's First Video FM

टिप्परको ठक्करबाट दुई घाइते

300

ओखलढुंगा – ओखलढुंगामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन्।

मंगलबार दिउँसो मानेभन्ज्याङ गाउँपालिका–५ जेरुङमा बा५ख १२३ नम्बरको टिपरले बा७५प ७६२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हिलेपानीका ३० वर्षीय एविराज राई र २६ वर्षीय वृतमान राई घाइते भएका हुन्।

घाइतेमध्ये मोटरसाइल चालक एविराज राईको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। मोटरसाइकलपछाडि बसेका वृतमानको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ। टिपरचालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

You might also like

Comments are closed.