Nepal's First Video FM

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

37

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट शुक्रबार स्वेदश फर्कँदै हुनुहुन्छ । उहाँ थाई एयरवेजको विमानबाट दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार  कुन्दन अर्यालले जानकारी दिनुभयो ।

मिर्गाैला सम्बन्धी उपचारका लागि उहाँ गएको ५ गते सिांगापुर जानुभएका प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट उपचार गरिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गएका नेकपाका उपाध्यक्ष बामदेव गौतम र महामन्त्री विष्णु पौडेल पनि शुक्रबार नै काठमाडौ फर्किनुहुनेछ । १२ वर्षअघि प्रत्यारोपण गरिएका मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुर जानुभएको हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.