Nepal's First Video FM

प्रधानमन्त्री नियमित काम गर्न सक्नुहुन्छ : निजी चिकित्सक

363

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नियमित कामलाई निरन्तरता दिन सक्ने उनका  निजी चिकित्सकले बताएका छन्। भदौ ५ गते उपचार गराउन सिंगापुर गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किए लगत्तै निजी चिकित्सक डा. दिव्या सिंह शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन्।

उनका अनुसार सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा शरिरमा बढी मात्रामा रहेको ‘एन्टीवडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया पुरा भएको छ।

२०६४ सालमा मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली यस अघि साउन १८ मा पनि उपचारको लागि सिंगापुर पुगेका थिए। प्रधानमन्त्री ओलीले संसदमा समेत आफु ठिक भएको बताएका थिए।

You might also like

Comments are closed.